बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सि जिङ्पिङ बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीनका राष्ट्रपति सि चिनपिङसँग बेइजिङको देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा भेट गरेका हुन् ।
यसअघि प्रधानमन्त्री ओलीबाट बेइजिङको तियानमेनस्क्वायरस्थित चिनियाँ जनक्रान्तिका शहिदहरुको स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली प्रकट गरेका थिए ।






















