skip this News Page Tips Ad Road Block

जल तथा उर्जा आयोगको सचिवालयको सचिवमा घिमिरे

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। जल तथा उर्जा आयोगको सचिवमा रामप्रसाद घिमिरे नियुक्त भएका छन्  । मन्त्रीपरिषद्को आईतबार साँझ बसेको बैठकले प्राविधिक तर्फको सचिवमा बढुवा भएका घिमिरे आयोगको सचिवमा नियुक्त भएका हुन् ।

आयोगका सचिव गोपाल सिग्देलको सहरी विकास मन्त्रालयमा सरुवा भएसँगै उक्त स्थान खाली रहेको थियो । आयोगका कर्मचारीले सोमबार स्वागत गरेलगत्तै सचिव घिमिरेले कार्यभार सम्हालेका हुन् ।

नवनियुक्त घिमिरे यसअघि खानी तथा भूगर्भ विभागका महानिर्देशक थिए ।

Health Tips Ad Road Block