काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ। कम्पनीले कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश समेत गरी शेयरधनीलाई कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीलाई वितरण गरिनेछ ।
त्यस्तै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ११ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार पुस १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।






















