Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अनन्त चापागाईं मितेरी डेभलपमेन्ट बैंकको सीईओ नियुक्त

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनन्त चापागाईं नियुक्त भएका छन् ।

मंसिर १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओको पदमा चापागाईंलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई माघ १ गतेबाट लागु हुने गरी आगामी ४ वर्षका लागि सीईओको जिम्मेवारी दिइएको कम्पनीका वरिष्ठ प्रवन्धक विशाल श्रेष्ठले जानकारी दिएका छन् । यसअघि बैंकका सीईओ रहेका तुलसीप्रसाद वस्तीको कार्यकाल सकिएपछि चापागाईं सीईओ नियुक्त भएका हुन् ।

चापागाईँसँग बैंकिङ क्षेत्रमा काम गरेको तीन दशकभन्दा लामो अनुभव रहेको छ ।

 

Health Tips Ad Road Block