Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

११ महिनामा १० लाख ५५ हजार पर्यटक नेपाल भित्रिए

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजारभन्दा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको जारी गरेको तथ्याँकअनुसार यस वर्षको नोभेम्वरसम्ममा हवाई मार्ग भएर १० लाख ५५ हजार ५ सय ३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

पछिल्लो तथ्याँकअनुसार सन् २०२४ मा लिएको लक्ष्य भेट्टाउन धेरै मेहेनत गर्दा पनि कठिन देखिन्छ । बोर्डका अनुसार नोभेम्वरमा १ लाख १४ हजार ५ सय १ पर्यटक नेपाल घुम्न आएका छन् । यो अघिल्लो वर्ष सन् २०२३ को सोही महिनाको तुलनामा पाँच दशमलव ४० प्रतिशतले बढी हो । अघिल्लो वर्षको नोभेम्वरमा १ लाख ०८ हजार ६ सय ३० पर्यटक नेपाल आएका थिए ।

बोर्डले सन् २०२४ वर्षभरमा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटक भन्दा बढी विदेशी पर्यटक नेपाल आउने अनुमान गरेको थियो । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल घुम्न आएका थिए ।

Health Tips Ad Road Block