Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

उद्योग वाणिज्य संघ काठमाडौंले भन्यो–बजार अनुगमन वैज्ञानिक र व्यवहारिक होस्

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले बजार अनुगमन वैज्ञानिक र व्यवहारिक हुनुपर्ने भन्दै सरकार र सम्बन्धीत निकायको ध्यानाकर्षण गराएको छ । संघद्धारा आयोजित बजार अनुगमन दृष्टिकोण र धारणा अन्तक्रियामा कार्यपत्र प्रस्तुत गर्दै संघका अध्यक्ष दिनेश श्रेष्ठले यस विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले उपभोक्ता संरक्षण ऐनमा संशोधन आवश्यक रहेको बताएका छन् । त्यसैगरी एकल विन्दुमा व्यवसाय दर्ता हुने व्यवस्था गराउन अध्यक्ष श्रेष्ठले सरकारको ध्यानाकर्षण गराए । त्यस्तै अहिलेको डिजिटल जमानामा सरकारी कामलाई फेसलेस बनाउनुपर्ने भन्दै उनले नयाँ व्यवसायीलाई सुसूचित र शिक्षा प्रदान गर्न राज्यले खर्च गर्नुपर्ने धारणा राखे ।

बजार अनुगमनका नाममा व्यापारी व्यवसायीलाई अनावश्यक दुःख दिने काम नहोस् भन्दै उनले अत्यावश्यक वस्तुको मूल्य सरकारले सार्वजनिक गर्नुपर्ने र त्यसको मूल्यसचि अनिवार्य गर्न बाँकी स्वेच्छिक गर्नु पर्ने उनको माग छ । त्यसैगरी सामानहरुको ठाउँ विशेष भाडा जोडेर मूल्य तय हुने विधि अपनाइनुपर्ने भनाइ उनले राखे ।

उनले सरकारी निकायले अनेक दुःख दिने कारण अनुगमनका क्रममा व्यवसायी सटर बन्द गरेर भाग्न बाध्य भएको भन्दै उत्पादन र आयात हुने सबै वस्तुको उत्पादन विन्दुमै भन्सार लिनुपर्ने धारणा राखे ।

कार्यक्रममा काठमाडौं महानगरपालिका कृषि तथा पशुपन्क्षी विभागका विभागीय प्रमुख नुरनीधि न्यौपानेले काठमाडौं महानगरपालिकाले अनुगमनका नाममा कसैलाई दुःख नदिएको स्पष्ट पारे । सही काम गर्नेहरुको व्यापार/व्यवसायलाई महानगरले प्रोत्साहन गर्ने धारणा राखे ।

कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले सहभागी व्यवसायीको जिज्ञासालाई सम्बोधन गर्ने काम गरेका थिए । सोक्रममा विभागले व्यापार/व्यवसाय दर्तादेखि गर्नुपर्ने विभिन्न कामका विषयमा सहभागीलाई जानकारी गराएको थियो ।

Health Tips Ad Road Block