skip this News Page Tips Ad Road Block

सेबोन अध्यक्ष श्रेष्ठले गरे पदबहाली, धितोपत्र बजारको विकास तथा विस्तार प्राथमिकता

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बोर्डमा पदबहाली गरेका छन् । आज श्रेष्ठले पदबहाली गरेका हुन् । नेपाल सरकार मन्त्रिपरिषद्को मंसिर १० को निर्णयानुसार बोर्ड अध्यक्षमा नियुक्त श्रेष्ठले मंगलबार उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका थिए ।

पदबहाली गर्दै नवनियुक्त अध्यक्ष श्रेष्ठले धितोपत्र बजारको विकास तथा विस्तार आफ्नो प्राथमिकता रहेको बताए । उनले यसका लागि नेपाल सरकार, लगानीकर्ता, धितोपत्र बजार सम्बद्ध निकायहरू तथा अन्य सम्पूर्ण सरोकारवालाहरूसँग समन्वय गर्दै अगाडि बढ्ने, बोर्डको संस्थागत क्षमता अभिवृद्धि गर्ने तथा धितोपत्र बजारलाई सूचना प्रविधिमैत्री बनाउने पनि बताए । उनले बोर्डको उद्देश्य प्राप्तिका लागि अनवरत रूपमा आफ्नो कर्तव्य पालना गर्न सम्पूर्ण कर्मचारीहरूलाई निर्देशनसमेत दिए ।

पदबहाली कार्यक्रममा निवर्तमान अध्यक्ष तथा बोर्ड सदस्य महेश बराल, बोर्डका उच्च पदस्थ कर्मचारीको उपस्थिति रहेको बोर्डले जनाएको छ ।

Health Tips Ad Road Block