ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन लन्च

काठमाडौं । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि.ले आज क्लासिक ३५० सिग्नल्स एडिसन लन्च गरेको छ । ३५० सीसी इन्जिनको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्विक तथा पोस्ट वार जीटू मोडलको उत्प्रेरणा जगाउने मोटरसाइकलको रुपमा लिइन्छ । सिग्नल्स एडिसन डेजर्ट स्यान्ड र मार्स ग्रे २ कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो मोटरसाइकलमा भएको ३५० सीसी नयाँ एयर आयल कुल्ड इन्जिनले सहज पावर डेलिभरी, बलियो टर्क र अत्यन्त परिष्कृत सवारी अनुभव प्रदान गर्नेछ। यसको फराकिलो सिट प्रोफाइल र नरम फोम कुशन प्याडिङले शहरभित्र एवं लामो चात्रामा चालक र पछाडि बस्ने मात्रुलाई आरामदायी अनुभव दिने कम्पनीको भनाइ छ ।

नयाँ एर्गोनोमिक्स, ग्रिप्स, रोटरी स्विच, इन्फो स्विच र ओभल मास्टर सिलिन्डर लगायतका विभिन्न फिचर यसमा उपलब्ध रहेका छन् । त्यसैगरी नयाँ पाइलट लाइटहरु भएको हेडलाइट र नयाँ डिजाइनको टेललाइट तथा एकीकृत रिफ्लेक्टर यसमा रहेका छन्। बाइकमा अगाडि रहेको ३०० एमएम डिस्क ब्रेकसँग टिवीन्स पिस्टन फ्लोटिङ्ग क्यलिपर र पछाडि रहेको २७० एमएम डिस्क ब्रेकसँग सिन्गल पिस्टन फ्लोटिङ्ग क्पलिपरले अझ बढी आत्मविश्वासपूर्ण ब्रेकिङ प्रदान गर्ने कम्पनीको भनाइ छ ।

नयाँ क्लासिक ३५० सिग्नल्स एडिसनले परम्परा र नवीनताबीचको सन्तुलनलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।

नयाँ रोयल इनफिल्ड क्लासिक ३५० सिग्नल्स एडिसनको आज रोयल इन्फिल्डको नेपालभर २४ वटै सोरुममा लन्च एवं बिक्रि खुला गरिएको अल्फा अटोमोटिभ प्रा.लि. का डाइरेक्टर मेघराज पौडेलले बताए । ग्राहकले यसलाई एसेप्ट गर्ने उनको विश्वास रहेको छ । यसको बजार मूल्य ५ लाख ५५ हजार ६०० रुपैयाँ रहेको छ ।

नजिकको रोयल इन्फिल्डको सोरुममा गएर यसलाई अवलोकन गर्न र टेस्ट राइड गर्न सकिने कम्पनीले जनाएको छ ।

Health Tips Ad Road Block