skip this News Page Tips Ad Road Block

एनपिएलको ट्रफी अनावरण, नेपालको पर्यटन र युवा प्रतिभालाई उजागर गर्ने प्रधानमन्त्रीको उद्घोष

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी अनावरण गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रफीको अनावरण गरेका हुन् । सुन्धारास्थित ऐतिहासिक धरहरा परिसरबाट सोमबार बिहान प्रधानमन्त्री ओलीले ट्रफी अनावरण गरेका हुन् ।

एनपिएलको ट्रफीको आज अनावरण गर्दै प्रधानमन्त्री ओलीले यस लिगले नेपालको पर्यटन प्रवद्र्धन र युवा खेल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुुत गर्न प्रत्यक्ष सहयोग पुर्याउने बताए ।

प्रधानमन्त्री ओलीले खेल क्षेत्रका लागि सरकारले पर्याप्त स्रोत, साधन उपलब्ध गराउन नसके पनि लिगका लागि सक्दो सहयोग, साथ, सहयोग र प्रोत्साहन गर्ने विश्वास दिलाए ।

“खेल सरकारको क्रियाकलापभन्दा बाहिर छैन । खेलमा म सरकारका हुँदा वा नहुँदा जहिल्यै पनि रुचि र अपनत्व रहनेछ । सहभागी खेलाडी सबैलाई जितको शुुभकामना दिन चाहान्छुु ।’’, हरेक क्लव र खेलाडीका लागि विशेषतायुक्त प्रशंसाका शब्दगुच्छा प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले भने, “नेपालीले चान्स पाएपछि गर्छ भन्ने मान्यतालाई फेरि पनि स्थापित होस् । नेपाली क्रिकेटमा नयाँ आयाम थप्न सकियोस् । क्रिकेट हाम्रो पुस्ताको सपना र गौरवको विषय पनि हो ।’’

Health Tips Ad Road Block