काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हाल कायम चुक्ता पूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ बराबरको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
यसअनुसार साधारण शेयरधनीले १ बराबर १ कित्ताका दरले शेयर किन्न पाउनेछन् ।
प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा उक्त हकप्रद शेयर निष्काशनका लागि नियामक नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको हो ।
ङादी ग्रुप पावर लिमिटेडको हकप्रद शेयर निष्काशन प्रयोजनका लागि मंसिर १८ गते शेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ ।





















