skip this News Page Tips Ad Road Block

६५ मेगावाट क्षमताको दूधखोला जलविद्युतमा माउन्टेन इनर्जीले लगानी गर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युतमा माउन्टेन इनर्जी नेपाल लिमिटेडले लगानी गर्ने भएको छ ।

गत बिहीबार बसेको माउण्टेन ईनर्जी नेपाल लिमिटेडको संचालक समितिको ११६ औं बैठकले नयाँ परियोजनामा लगानी गर्ने निर्णय गरेको हो । सिता हाईड्रोपावर कम्पनी प्रालि अन्तर्गत रहेको दूध खोला (६५ मेगावाट)को जलविद्युत आयोजनाका लागि आर्थिक तथा प्राविधिक पक्षको प्रस्तुति तथा छलफलबाट आयोजना संचालनको लागि उपयुक्त देखिएको भन्दै उक्त निर्णय गरेको माउण्टेन ईनर्जी नेपालले जनाएको छ ।

साथै उक्त परियोजनामा लगानी गर्ने क्रममा समझदारीपत्रमा हस्ताक्षर गर्नको लागि कम्पनीका संचालक अरुण कुमार केसीलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ ।

माउण्टेन इनर्जीले मिस्त्रीखोला हाइड्रो र ताँदीखोला हाइड्रो निर्माण सम्पन्न गरी सञ्चालन गरिहेको छ ।

Health Tips Ad Road Block