Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बाजेका पालमा सुरु भएका योजना नाती नातिनाका पालामा सञ्चालन हुने स्थिति हुनु हुँदैनः प्रधानमन्त्री

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुमा देखिएका समस्याबारे व्यापक छलफल गरेर समस्याको समाधान तत्काल गर्न निर्देशन दिएका छन् । गौरवका आयोजनाका कामको गतिलाई तीब्रता दिने विषयमा सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखलगायतसँग छलफल गरी प्रधानमन्त्री ओलीले कहाँ कहाँ के के अवरोध हो ? तिनको समाधानको उपाय के के हो भन्ने पहिचान गरेर कुन–कुन निकायबाट निर्णय हुनुपर्ने हो तत्काल गर्न निर्देशन र्दिको प्राधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले प्रक्रियागत झमेला, अदातली मुद्धामामिला, ढिलासुस्ती, अस्पष्ट योजना, स्रोतको सुनिश्चितता नहुने, न्यून बजेटजस्ता समस्याको समाधन खोज्न आग्रह गर्दै देशकै ढुकुटीमा रकम अभावका कारण कुनै आयोजना सञ्चालन हुन नसक्ने स्थितिमा पनि के गर्ने भन्ने निर्णयमा पुग्न आवश्यक रहेकामा जोड दिए । कुनै आयोजना सुुरु भएपछि त्यसको उत्पादन र उपयोगसम्बन्धी निर्माण कार्य पनि एकैसाथ गर्न आग्रह गर्दै एकीकृत आयोजनाका रुपमा अगाडि बढाउन आग्रह गरे । “समस्या छन् भने समाधान गर्नुपर्छ । आयोजनाहरुलाई लट्किन दिनु हुँदैन । बाजेका पालमा सुरु भएका योजना नाती नातिनाका पालामा सञ्चालन हुने स्थिति हुनु हुँदैन । यो आयोजनाको ब्रेक थ्रु भयो भनेर त्यहाँ जनताले हेर्न गएर मात्रै पुग्दैन । फाइल अघि बढाएपछि त्यसका पछिपछि मान्छे पनि कुदाउने अवस्था हुनु हुँदैन । खेतमा पानी पुग्नुपर्यो ।” प्रधानमन्त्री ओलीले भने, “हामीले सपना बाँड्ने होइन, परिवर्तन र प्रतिफलको अनुभूति दिने हो । त्यसअनुसार काम गर्न सक्नुपर्छ ।”

उनले निर्माण व्यवसायीले ठिक ढङ्गले समयमा काम गर्नुपर्ने र सरकार पक्षले ठेकेदारलाई अनावश्यक दुःख दिने नभई सहजीकरण गर्ने गरी काम गर्नुपर्ने पनि बताए । आयोजना सञ्चालनका क्रममा स्थानीयबासीका जायज माग भए पूरा हुनुपर्ने र नाजायज माग वा अवरोध आएमा स्थानीय सुरक्षा निकायले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

छलफलमा विभिन्न २४ वटा राष्ट्रिय गौरवका आयोजनाहरुको हालको अवस्था, वित्तीय तथा भौतिक प्रगति, विद्यमान समस्या र समाधानका उपायहरुको प्रस्तुतिकरण गरिएको थियो ।

छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री बद्री पाण्डे, रक्षामन्त्री मानवीर राई, खानेपानीमन्त्री प्रदीप यादव, वन तथा वातावरामन्त्री ऐनबहादुर शाही, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, सम्बन्धित सचिवहरु र आयोजना प्रमुखहरुको सहभागिता रहेको थियो ।

Health Tips Ad Road Block