काठमाडौं । नेपाल र जापानबीचको व्यापार, उद्योग, पर्यटन, र आर्थिक सम्बन्धलाई सुदृढ गर्न नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज स्थापना गरिएको छ। सामाजिक सेवा मुलक गैर–नाफामूलक कम्पनीका रूपमा दर्ता गरिएको यस संस्थाले नेपाल र जापानका उद्योगपति, व्यापारी तथा व्यवसायिक समुदायबीच सहकार्य र समझदारीलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। त्यस्तै व्यापार, कृषि, उद्योग, र पर्यटनमा तथ्यांक तथा जानकारी संकलन गरी दुवै देशको विकासमा टेवा पुर्याउने बताइएको छ।
प्रथम वार्षिक साधारण सभामा निर्वाचित अध्यक्ष सौरभ ज्योति, उपाध्यक्ष रितु सिंह वैद्य, कोषाध्यष तुसारदास तुलाधर, सचिव विजय सिंह वैद्य सदस्यहरु सुहिदराज घिमिरे, दिनेश तुलाधर, अंकुर झुनझुनवाला एव सल्लाहकारहरु पद्म ज्योति, सुरज वैद्य, त्रिभुवन धर तुलाधर लगायतको उपस्थिति थियो । नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डट्रिज कार्यालयको जापानी दूतावासका मिशन उपप्रमुख तामुरा ताकाहिरोले गरका थिए ।

यो चेम्बर कुनै मुनाफा वितरण नगर्ने गरी सञ्चालन गरिने र आर्जित मुनाफा चेम्बरका उद्देश्यहरू पूरा गर्न मात्र खर्च गरिने व्यवस्था रहेको छ। सदस्य बन्न इच्छुक १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले १०,००० रुपैयाँ शुल्क बुझाएर सदस्यता प्राप्त गर्न सक्ने तर सदस्यता हस्तान्तरण गर्न भने नसकिने जनाइएको छ ।
संस्थाले समाज कल्याण ऐन २०४९ तथा कम्पनी ऐन २०६३ अनुसार कानुनी प्रक्रिया पालना गर्दै वैदेशिक आर्थिक, प्राविधिक, तथा वस्तुगत सहयोग लिनुपरेमा समाज कल्याण परिषद्को पूर्व स्वीकृति लिनेछ।
यस चेम्बरको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं २७ मा रहेको छ। चेम्बरको कोष सदस्यता शुल्क, अनुदान, तथा अन्य वैधानिक स्रोतबाट संकलन गरी सञ्चालन गरिनेछ। कुनै संशोधन आवश्यक परेवा, साधारण सभाबाट पारित विशेष प्रस्तावका आधारमा मात्रै कार्यान्वयन गरिनेछ। नेपाल र जापानको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वासका साथ सबैलाई सहकार्यका लागि संस्थाले अपिल गरेको छ ।






















