काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १०.००८३ प्रतिशत लाभंश दिने घोषणा गरेको छ । त्यसमा ९.५०७९ प्रतिशत बोनस शेयर र ०.५००४ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव गरेको हो । शुक्रबार बसेको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंककाे आगामी १९ औँ वार्षिक साधारण सभाबाट पारित भएपश्चात लगानीकर्ताले पाउनेछन् ।
यसैगरी जीवन विकास लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १४.७३६८ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमध्ये १४ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७३६८ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्ने संचालक समितिले निर्णय गरेको हो ।
संस्थाका अध्यक्ष विक्रमराज सुवेदीको अध्यक्षतामा शुक्रबार बसेको सञ्चालक समितिको उक्त निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपश्चात् आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।






















