Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

राष्ट्रिय गौरवका आयोजनाबारे सरकारी तवरबाट ब्रिफिङ लिने काम हुँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज सरकारी तवरबाट राष्ट्रिय गौरवका आयोजनाहरुबारे ब्रिफिङ लिने काम हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिले कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हाल सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति र आयोजना सञ्चालनका क्रममा आएको चुनौती लगायतको विषयमा आयोजना प्रमुख र सरोकारवालासँग प्रधानमन्त्रीले ब्रिफिङ लिन लागेका हुन् ।

राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्थाबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो तीन बजेका लागि बैठक बोलाइएको छ ।

नेपालमा सडक, सिँचाइ, जलविद्युत, सुरुङ मार्ग लगायतका ठूला योजनाहरू राष्ट्रिय गौरवका आयोजनाका रूपमा सञ्चालनमा रहेका छन् ।

Health Tips Ad Road Block