Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

काठमाडौंको महाराजगंजमा मण्डला नोर्लिङ लर्ड्स प्राइम होटल सञ्चालनमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भारतीय चेन होटल लर्ड्सद्धारा काठमाडौंमा मण्डला नोर्लिङ लर्ड्स प्राइमका नाममा लक्जरी स्टार होटल सञ्चालनमा ल्याइएको छ ।  भारतीय चेन होटल कम्पनी लर्ड्सले काठमाडौंको महाराजगञ्जमा होटल मण्डला नोर्लिङ लर्ड्स प्राइमका नाममा नयाँ लक्जरी होटल सञ्चालनमा ल्याएको हाे । सुविधासम्पन्न उक्त होटलमा सुपर डिलक्स, डिलक्स र सुइट रुम गरी ८६ वटा कोठा छन् । आठ रोपनी क्षेत्रफलमा निर्माण गरिएको मण्डला नोर्लिङ होटलमा तीन भवन रहेका छन् ।

होटलको एउटा भवनमा चाइनिज रस्टुेरेन्ट र स्पा, अर्कोमा मुख्य होटल र तेस्रो पार्टीको लागि छुट्याइएको छ । भारतीय कम्पनी लर्डस प्राइमले व्यवस्थापन गर्ने यो होटलमा नेपाली पर्यटन उद्यमीहरुको लगानी रहेको होटलका कार्यकारी अध्यक्ष तथा नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख डा. धनन्ज्य रेग्मीले जानकारी दिए । उनका अनुसार होटलमा चारतारे स्तरका सुविधाहरु रहेपनि अहिले स्टार नलिई सञ्चालन गर्न लागिएको छ । होटलमा थप स्तरोनत्ती गरि विस्तारै स्टार लिइने पनि उनले जानकारी दिए ।

महाराजगञ्ज चक्रपथमा रहेको होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलोमिटरको दूरीमा रहेको छ । सजिलो लोकेशनमा रहेका कारण यहाँ बस्ने पर्यटकहरुले पशुपतिनाथ मन्दिर, बौद्धनाथ स्तुपा, वसन्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, बुढानीलकण्ठ मन्दिर र ठमेल नजिकैका पर्यटकीय आकर्षणहरू र विश्व प्रसिद्ध युनेस्को सम्पदा बूढानीलकण्ठ लगायत स्थानमा सहज रुपममा पुग्न सक्नेछन् ।

भारतमा दजनौं चेन होटल सञ्चालनमा ल्याएको लर्ड्सले यस अघि काठमाडौंको बौद्धमा दुईवटा, विरगञ्ज, नेपालगन्ज र भैरहवामा एक/एक वटा होटलको व्यवस्थापन गरिसकेको छ । आगामी दिनमा पोखरा, चितवन र नेपालका अन्य भागमा पनि होटल विस्तारको योजना राखिएको लर्ड्स ग्रुप नेपालका एशोसियट भाइस प्रसिडेन्ट शैलज एन तेरीले जानकारी दिए । भाइस प्रसिडेन्ट शैलज एन तेरीका अन्साुर होटल ओपनिङ कै अवसरमा सयौं विदेशी पर्यटकहरुको बुकिङ भइसकेको छ भने अन्य बुकिङका क्रममा रहेका छन् ।

होटलले विशेषगरि चिनियाँ र भारतीय पर्यटकलाई नै लक्षित गरेको छ । मण्डला नोर्लिङ होटलमा चिनियाँ खानासहित चिनियाँ रेस्टुरेन्ट सञ्चालन गरिएको छ । त्यस्तै, भारतीयलाई लक्षित गरेर भारतीय भान्सा, नेपाली भान्सा, बहुभान्सा (मल्टि क्विजिन) राखिएको छ । साथै, होटलमा ५० जनाभन्दा बढी अटाउने चार वटा हलहरु पनि रहेका छन् । तीन वटा ठूला हल निर्माणको क्रममा रहेको होटल व्यवस्थापनले जानकारी दिएको छ ।

मण्डला नोर्लिङ होटलको रुपटप स्वीमिङ पुलको व्यवस्था छ । ३६० डिग्री भ्यू, दुई वटा रेस्टुरेन्ट, बार रहेको रहेको यो होटलमा भित्री र बाहिरी पार्किङमा करिब तीन सय गाडी अटाउन सक्नेछ । होटलको भुईं तल्लामा पार्टी प्यालेस पनि हुनेछ । पछिल्लो समय नेपालमा स्तरीय होटलहरुको संख्या बढिरहेको सन्दर्भमा यो होटलको सञ्चालनले नेपालको पर्यटन विकासमा थोरै भएपनि योगदान दिने अपेक्षा गरिएको छ ।

Health Tips Ad Road Block