Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

धितोपत्र बोर्डको अध्यक्ष पदका लागि अन्तर्वार्ता सुरू

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । धितोपत्र बजारको नियामनकारी निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि अन्तर्वार्ता सुरु भएको छ । बिहानबाट अन्तर्वार्ता सुरु भएको अर्थ मन्त्रालयले जानकारी दिएको हो ।

आज तीन जना आवेदकको अन्तर्वार्ता हुने जनाइएको छ । छनोट सूचीमा परेका नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीको अन्तरवार्ता आज हुनेछ । त्यसमध्ये अकिारी र कार्की उपस्थित भएर अन्तर्वार्तामा सहभागी भइसकेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताको लागि आज बिहान ८ बजेका लागि उनीहरुलाई बोलाइएको थियो । यसभन्दा अगाडि असोज १८ गते अन्तर्वार्ताका लागि बोलाइए पनि अन्तिम समयमा स्थगित भएको थियो ।

 

Health Tips Ad Road Block