Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

गौतमबुद्ध विमानस्थलबाट दिगोरुपमा अन्तर्राष्ट्रिय उडान हुन्छः मन्त्री पाण्डे

Citizenlife ad 2082 falgun to baishak 2083

लुम्बिनी। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्व विमानस्थलको दिगो सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिद्वार्थ उद्योग वाणिज्य संघ रूपन्देहीद्वारा शनिबार भैरहवामा आयोजित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरूले आशंका गरेपछि मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान नरोकिने प्रतिबद्धता समेत जनाए ।

नेपालकै मध्यभागमा रहेको र बुद्धजन्मस्थल लुम्बिनी समेत नजिकै रहेकाले गौतमबुद्ध विमानस्थल सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने मन्त्री पाण्डेले बताए । विमानस्थल दिगो रूपमा सञ्चालन गर्नका लागि आफू महिनामा २ पटक आउने समेत प्रतिवद्वता उनले जनाए । ‘महिनामा २ पटक विमानस्थलकै लागि भैरहवा आउनेछु’ उनले भने, संस्कृति र पर्यटन जोडिएकाले भैरहवाबाटै आफ्नो कार्यकक्ष चलाऔं भन्ने लागेको छ। ‘ मेची महाकालीको बीचमा रहेको स्थल, लुम्बिनी र पोखरा समेत नजिक भएकाले यो विमानस्थल चलाउनुपर्छ भनेर लागेका हौं।’ उहाँले थप्दै भने ।

मन्त्री पाण्डेले बुद्धजन्मस्थल लुम्बिनीलाई नै केन्द्रमा राखेर विमानस्थल सञ्चालन गरिएकाले भैरहवालाई पर्यटनको इपिसेन्टरको संज्ञा दिए । उनले विमानस्थलसँग सम्बन्धित श्रम, भिस्सा, मेडिकल, म्यानपावर कम्पनी लगायतका अत्यावश्यक कार्यालयहरु स्थापनाका लागि साउनमै निर्णय भएको बताए । मन्त्री पाण्डेले अब काठमाडौं फर्केर प्रधानमन्त्री स्तरीय बैठक बसेर कार्यान्वयन गरिने उद्घोष गरे ।

गौतमबुद्व विमानस्थलमा नियमित उडान गर्न र लुम्बिनी विकास कोषलाई सुधारका लागि आफू पर्यटनको ईपिसेन्टर लुम्बिनी आउने बताए । उनले संस्कृति नरहेको बताउँदै अब नहुने काम हुँदैन भनेर भन्ने संस्कार बनाउनुपर्ने समेत बताए । ‘अहिले अन्तर्राष्ट्रिय उडान भएपछि तपाईहरूले बधाई दिँदा म झस्किन्छु, किन भने ५ महिनापछि त्यो बधाई बजाईमा परिणत हुन्छ भन्ने कुरा मैलै ख्याल गरेको छु’ मन्त्री पाण्डेले भने। उहाँले विमानस्थलसँग सम्बन्धित तत्तकाल गर्नुपर्ने काम र प्राविधिक तथा दिगो रुपमा गर्नुपर्ने कामहरुलाई सूचीबद्ध गरेर काम गर्ने समेत बताए ।

उनले भैरहवा विमानस्थल सञ्चालन हुने बितिकै पोखरा पनि चल्ने विश्वास दिलाए ।

Health Tips Ad Road Block