Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

केपी ओली र अमेरिकी खर्बपति इलन मस्कबीच संवाद

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी प्रविधि व्यवसायी खर्बपति इलन मस्कबीच भर्चुअल संवाद भएको छ । प्रधानमन्त्रीको सचिवालयले शुक्रबार राति प्रधानमन्त्री ओली र मस्कबीच संवाद भएको जानकारी दिएको छ ।

ओलीले पनि ‘अहिले एलन मस्कसँग कुरा गरिरहेको छु’ भन्दै भिडियो च्याटको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

दुई पक्षबीच भएको भएको कुराकानीको विषय नलुलाइएपनि स्पेस एक्सका कम्पनीका मालिक मस्कले पछिल्लो समय नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टारलिंक सुरु गर्न इच्छा देखाइरहेको जनाइएको छ ।

सोक्रममा प्रधानमन्त्री ओलीले उक्त सेवा सुचारु गर्न आग्रह गर्दै दिने सेवा, सुविधा, सहुलियतबारे उल्लेख गरेको बताइएको छ ।

विश्वका ६० भन्दा धेरै देशमा २७ लाख प्रयोगकर्ता रहेको मस्कको स्टारलिंकले छिमेकी मुलुक भारतमा भू–उपग्रहमा आधारित इन्टरनेट सेवा भित्र्याइसकेको छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ को प्रमुखमा नियुक्त्त गरेका छन् ।

Health Tips Ad Road Block