काठमाडौं । डिजिटल वालेट आइएमई पेले आइइएल्टिएस टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत गर्न सकिने सुविधा सार्वजनिक गरेको छ।
यस सुबिधामार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत आफ्नो आइइएल्टिएस परीक्षा शुल्क सहजै भुक्तानी गरेर आफ्नो समय र मेहनत बचाउन सक्ने कम्पनीले जनाएको छ। प्रयोगकर्ताहरुले आइइएल्टिएसको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आइइएल्टिएस युकिभआइको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, लाइफ स्किल ए १/ए २, बी १ को निम्ती भुक्तानी आइएमई पे एप मार्फत गर्न सक्नेछन् । सिमित अवधिको लागि आइएमई पे एपबाट आइइएल्टिएस टेस्टको शुल्क भुक्तानीमा फ्लाट। १००० रुपैयाँ क्यासब्याक पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
‘हामी हाम्रा प्रयोगकर्ताहरूलाई यो नयाँ सेवा प्रदान गर्न पाउँदा उत्साहित छौं,’ आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, ‘आइइएल्टिएस शुल्क भुक्तानीको लागि सुविधाजनक र सुरक्षित प्लेटफर्म प्रदान गरेर हामीले प्रयोगकर्ताहरुलाई आफ्नो उद्देश्यहरु पुरा गर्न सशक्त बनाउने लक्ष्य राख्छौं।’





















