काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँका कारोबार भइरहेको छ ।
बिहीबार सुन प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा किनबेच भएको थियो ।
दुई दिन स्थिर रहेको चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १९४० रुपैयाँमा किनबेच भइरहेको छ ।





















