skip this News Page Tips Ad Road Block

राष्ट्रिय वाणिज्य बैंकको व्यवस्थापनमा ऊर्जा दक्षता प्रवद्र्धनको निमित्त अनुुदान योजना शुभारम्भ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नवीकरणीय ऊर्जा तथा उर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जामार्फत पुर्नप्राप्ति एवं सशक्तिकरण कार्यक्रम अन्तर्गत आजदेखि नेपालमा उद्योग तथा व्यवसायमा ऊर्जा दक्षताको प्रवद्र्धन निमित्त एक अनुदान योजना प्रारम्भ भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड व्यवस्थापक रहेको यस अनुदान योजनाको प्रमुख उद्देश्य, उद्योग तथा व्यवसायहरूलाई ऊर्जा दक्षताका उपायहरु अवलम्बन गर्न प्रोत्साहन गर्नु हो । यस पहलको प्रमुख उद्देश्य उद्योग तथा व्यवसायहरुमा ऊर्जाको दक्ष उपयोगबाट ऊर्जा खपतमा कमी ल्याई नेपालमा दिगो औद्योगिक विकासलाई बढावा दिनुको साथमा कार्वन उत्सर्जन घटाउनु समेत हो ।

यस पहल अन्तर्गत ऊर्जा परिक्षकबाट सिफारिस भएका ऊर्जा दक्षताका उपायहरु कार्यान्वयनमा प्रोत्साहन दिन राष्ट्रिय वाणिज्य बैंकमार्फत आंशिक अनुुदान उपलब्ध गरिने छ । अनुदान संचालन निर्देशिका अनुसार आशिंक अनुदान, ऊर्जा दक्षताका उपायहरुमा कुल आवश्यक लगानीको एक निश्चित प्रतिशत हुनेछ । अनुदानको निमित्त योग्य हुन उद्योग ब्यवसायहरुले मर्यादित कामका सिद्धान्त तथा वातावरणीय मापदण्डहरु समेत अवलम्वन गरेको हुनुपर्नेछ । यस पहलले उद्योग तथा व्यवसायहरूमा ऊर्जा दक्षताका उपायहरु अवलम्बन गर्दा देखिने वित्तीय समस्यालाई सम्बोधन गरी ऊर्जा दक्षताका प्रविधिहरुमा लगानी गर्न उद्यमी तथा व्यवसायीलाई प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ । यसरी यस पहल मार्फत ऊर्जा दक्षताको महत्वपूर्ण पक्ष मानिने ऊर्जा लागतमा कटौतीका साथै पर्यावरणीय लाभ तथा विदेशी विनिमयको संचितीमा समेत टेवा पुग्ने देखिन्छ ।

साथै, यस अनुुदान योजनाको सुरुवातले नेपालको औद्योगिक र व्यावसायिक क्षेत्रमा ऊर्जाको दक्ष प्रयोगमा रहेको सचेतना एवं कार्यान्वयन बीचमा रहेको खाडल पुर्नका लागि महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ । यसले दिगो ऊर्जा अभ्यासलाई बढावा दिन, चक्रीय अर्थतन्त्रका सिद्धान्तलाई एकिकृत गर्न र उद्योग तथा व्यवसायहरूमा मर्यादित कामको अभ्यासलाई समेत प्रोत्साहित गर्नेजस्ता व्यापक लक्ष्यलाई समेट्छ । यस अनुुदान पहलको सुुभारम्भले नेपालको स्थायी ऊर्जा समाधान प्रतिको प्रतिवद्धतालाई रेखांकित गर्नेछ, जसले उद्योगहरूलाई ऊर्जा संरक्षण, जलवायु–अनुकूल अभ्यासमा योगदान पुर्याउन तथा मर्यादित कामका सिद्धान्त अवलम्बन गर्न व्यवहारिक मार्ग प्रदान गर्ने बताइएको छ ।

जर्मन संघीय आर्थिक सहयोग तथा बिकास मंन्त्रालय (बिएमजेड) तथा युरोपियन युनियनको आर्थिक सहयोगमा ऊर्जा, जलस्रोत र सिंचाई मन्त्रालयद्वारा संचालित यस कार्यक्रममा जर्मन विकास सहयोग–जिआईजेडले प्राविधिक सहयोग पुर्याउदै आएको छ । नेपालमा नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताका पहलहरूलाई प्रवद्र्धन गर्न आवश्यक पर्ने नियामक, संस्थागत संरचना एवं निजी क्षेत्रको सहभागिताको निमित्त उचित स्थिति निर्माण गर्ने तथा ऊर्जाको दिगो उपयोग तथा उत्पादनलाई बढावा दिने उद्देश्य रहेको कार्यक्रम अन्तर्गत राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले उद्योग तथा व्यवसायहरुमा ऊर्जा प्रवद्र्धनको निमित्त उपलब्ध हुने अनुदानको व्यवस्थापन गर्दछ ।

Health Tips Ad Road Block