काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।
घोषित ७ प्रतिशतमध्ये ६ प्रतिशत बोनस शेयर रहेको छ भने १ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ।
मंसिर ४ गते मंगलबार बसेको लघुवित्तको सञ्चालक समितिको २२८ औँ बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीलाई वितरण गरिनेछ।























