Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्त वित्तीय संस्थाबीच कर्जा सुरक्षण सम्झौता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्त वित्तीय संस्था लि.बीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ। सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र जीवन विकास लघुवित्त वित्तीय संस्था लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलले हस्ताक्षर गरेका छन् ।

यस सम्झौतापत्रमा हस्ताक्षर भएसँगै जीवन विकास लघुवित्त वित्तीय संस्था लि.ले लघु व्यवसायका लागि सदस्यहरुलाई बिना धितो व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गरेको प्रति व्यक्ति दश लाख रुपैयाँसम्म, धितो जमानीमा लगानी गरेको प्रति व्यक्ति बीस लाख रुपैयाँसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ। कोषमा सुरक्षित कर्जा विभिन्न कारणले असूल हुन नसकेमा संस्थाले कोष समक्ष दाबी गर्ने र उक्त दाबीमा कोषले पचहत्तर प्रतिशत भुक्तानी दिनेछ।

यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क वार्षिक शुन्य दशमलव आठ प्रतिशत रहेको जसमध्ये पचास प्रतिशत मात्र जीवन विकासले कोषमा बुझाउने र बाँकी सुरक्षण शुल्क रकम नेपाल सरकारबाट अनुदानस्वरुप कोषमा प्राप्त हुनेछ। यस प्रकार बुझाउने सुरक्षण शुल्क बाँकी कर्जामा गणना गर्ने व्यवस्था कर्जा सुरक्षण नियमावली, २०७५ ले गरेको छ।

हस्ताक्षर कार्यक्रममा कोषको कर्जा सुरक्षण विभागको विभागीय प्रमुख प्रबन्धक मन्दिरा थपलिया लगायतका पदाधिकारी र जीवन विकासको नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

Health Tips Ad Road Block