काठमाडौं । देशभरि क्रियाशिल सिभिल इन्जिनियरिङ ल्याबरेटरीहरुको छाता संस्थाको रुपमा सिभिल इन्जिनियरिङ ल्याबरेटोरी एशोसिएसन अफ नेपाल (सिइएलएएन) नामक संस्थाको गठन गरिएको छ । नेपाल निर्माण ब्यवसायी महासघका पूर्व महासचिव रामशरण देउजाको अध्यक्षतामा संस्थाको विधिवतरुपमा संस्था दर्तासमेत गरिएको छ।
भौतिक पूर्वाधार निर्माण उद्योगको सबैभन्दा महत्वपूर्ण पक्ष गुणस्तर परिक्षण कार्यमा संम्लग्न्न निजी सिभिल इन्जिनियरिङ ल्याबेरोटरी (प्रयोगशालाहरु) को ब्यवसायिक क्षमता अभिवृद्धि, ब्यवसायिक हकहित, नियमन र अनुगमन एवम यस ब्यवसायसम्बन्धी कानुन तर्जुमा गर्नका लागि ब्यवसायीहरुबीच एकता कायम गर्ने उद्देश्यका साथ संस्था स्थापना गरिएको जनाइएको छ । निजी सिभिल इन्जिनियरिङ ल्याबेरोटरीका संचालकहरुबीच संगठन निर्माण गरेर संगठित हुनुपर्ने महसुस गरी उनीहरुबीचको लामो समयको छलफल, बैठक र सकारात्मक सोचपछि संस्था गठन गरी दर्ता गरिएको जनाइएको हो ।
संस्थाको सस्थापक कार्य समितिमा अध्यक्ष देउजा (भद्रकाली ल्याबरेटोरी प्रालि) मध्यपुर ठिमी नगरपालिका ६, उपाध्यक्षमा इन्जिनियर अभिमन्यु हुँमागाई (विडिएच ल्याब) ललितपुर उपमहानगरपालिका च्यासल, महासचिवमा इन्जिनियर विज्ञानेश्वर माकजु (क्युटेज ल्याब) सूर्यविनायक नगरपालिका भक्तपुर, कोषाध्यक्षमा राजन महर्जन (जिएस इन्जिनियरिङ ) कीर्तिपुर नगरपालिका र सहकोषाध्यक्षमा गुरु घिमिरे (सोइल एग्रिगेट सिभिल ल्याब एण्ड कन्सल्टेण्ट) काठमाडौं महानगरपालिका जोरपाटी रहेका छन् । सदस्यहरुमा निशान भुषाल (बुटवल इन्जिनियरिङ ल्याबरेटोरी प्रालि) बुटवल उपमहानगरपालिका ११ र सागरविक्रम बिष्ट (नारायण इन्जिनियरिङ ल्याब) नेपालगन्ज उपमहानगरपालिका रहेका छन् । अन्य सदस्यहरुमा टक खडका (टेक्निकल ल्याबरेटोरी एण्ड कन्सल्टेन्सी प्रालि) काठमाडौं महानगरपालिका, शिवहरि सिलवाल (सेन्टल मेटिरियल्स ल्याबरेटोरी प्रालि) चितवन उपमहानगरपालिका, राजिव कपुर (इन्जिनियरिङ मटेरियल्स टेष्टिंग ल्याबरेटोरी एण्ड रिसर्च सेन्टर प्रालि) धनुषा जनकपुर रहेका छन् ।
संस्थाको कानुनी सल्लाहकारमा शिवराम तिमिल्सिना रहेको अध्यक्ष देउजाले बताए । यो कार्यसमितिको कार्यकाल ३ वर्षको रहने देउजाले जनाए । तीन वर्षपछि हुने साधारणसभा सहितको अधिवेशनले नयाँ कार्यसमिति गठन हुने पनि जानकारी अध्यक्ष देउजाले जनाए ।
सस्था बिधिवत दर्ता गर्ने कार्य सफल बनाउन प्रत्यक्षअप्रत्यक्ष सहयोग गर्ने सबै महानुभाव र आबद्ध निजी सिभिल इन्जिनियरिङ ल्याबरेटोरीका प्रतिनिधिहरु सबैप्रति अध्यक्ष देउजाले हार्दिक आभार पनि ब्यक्त गरे । साथै उनले देशभरि क्रियाशिल सबै निजी सिभिल इन्जिनियरिङ ल्याबरेटोरीहरुलाई संस्थासँग आबद्ध हुनका लागि हार्दिक आव्हान पनि गरे ।






















