Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

२७ देशलाई पछि पार्दै उद्योग संगठन मोरङले प्राप्त गर्यो एशिया प्रशान्त क्षेत्रको उत्कृष्ट चेम्बर अवार्ड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । उद्योग संगठन मोरङ एशिया प्रशान्त क्षेत्रका २७ भन्दा वढी देशका ८१ वटा स्थानीय औद्योगिक र व्यापारीक चेम्बरलाई पछि पार्दै क्यासी अवार्ड लोकल चेम्बर, विग क्याटोगरीको उत्कृष्ट चेम्वर अवार्ड र २ हजार डलर प्राप्त गरेको छ । कन्फेडेरेशन अफ एशिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिज र सिङापुर म्यानुफ्याक्चरिङ एशोसिएशनको संयुक्त आयोजनामा कार्तिक २६ र २७ गते सिंगापुरमा भएको ईकोनोमिक फोरम तथा ३८ औं क्यासी कन्फेरेन्सको समापन समारोहमा संगठनका अध्यक्ष राकेश सुरानालाई उक्त अवार्ड प्रदान गरिएको हो ।

क्यासीले चेम्बरहरुले स्थानीय आर्थिक विकासका लागि खेलेको भूमिका, नीति निर्माणका क्षेत्रमा गरेको बहस र पैरवी, स्थानीय औद्योगिक गतिविधिमा पु¥याएको टेवाका साथै समग्र आर्थिक एवं औद्योगिक विकासमा पु¥याएको योगदानका आधारमा सो अवार्ड प्रदान गरेको हो । अवार्डका लागि क्यासीको सदस्य रहेका २७ मुलुकका ८१ वटा व्यवसायिक संगठनहरुले प्रतिष्पर्धामा सहभागिता जनाएका थिए जसमा गतिविधि, दस्तावेज, औद्योगिक उत्थानका लागि गरेको कार्यक्रमका आधारमा उद्योग संगठन मोरङ उत्कृष्ट हुन सफल भएको हो ।

संगठनले अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएकोमा खुशी व्यक्त गर्दै संगठनका अध्यक्ष राकेश सुरानाले यसलाई कार्यसमिति, सदस्य उद्योग प्रतिष्ठान, नेपाल उद्योग वाणिज्य महासंघका साथै संगठनका शुभेच्छुकको सामूहिक प्रयासको प्रतिफलका रुपमा रहेको बताउदै सबैलाई धन्यवाद दिए । उनले प्रदेश सरकारको आयोजना तथा संगठनको सहसंयोजनमा २०८१ माघ ११ देखि १३ गते सम्म विराटनगरमा हुने कोशी प्रदेश लगानी सम्मेलन तथा विराट एक्स्पो २०२५ मा सहभागिताका लागि क्यासी कन्फेरेन्समा उपस्थित विभिन्न देशका व्यवसायीहरुलाई आमन्त्रण गरेका छन् ।

अध्यक्ष सुरानाको नेतृत्वमा संगठनको प्रतिनिधिमण्डल कार्तिक २४ गते सिंगापुर गएको थियो । प्रतिनिधिमण्डल संगठनका निवर्तमान अध्यक्ष सुयश प्याकुरेल, वरिष्ठ उपाध्यक्ष नन्द किशोर राठी, उपाध्यक्ष त्रय राजकुमार गोल्छा, भोलेश्वर दुलाल, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, पारस लुनिया, जयेन्द्र शर्मा, सिद्धार्थ काबरा, सिर्जन प्याकुरेल, बिरेन्द्र राठी, सन्तोष कुमार भगत र महानिर्देशक चुडामणी भट्टराई सहभागी छन् ।

Health Tips Ad Road Block