Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सांग्रिला डेभलपमेन्ट बैंक र इन्फो डेभलपर्सबीच समझदारी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । इन्फोडेभलपर्स प्रा. लि. र सांग्रिला डेभलपमेन्ट बैंकबीच व्यवसायिक सेवाका लागि समझदारी भएको छ । इन्फोडेभलपर्सलेको “कम्प्रिहेन्सिभ रिकन्सिलेसन सिस्टक” (सीआरएस) प्रणाली सांग्रिला डेभलपमेन्ट बैंकमा लागू गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

बैंकले प्रवाह गर्ने सेवाहरू स्वचालिन र सरल बनाउनका लागि सीएसआर सफ्टवेयरले भूमिका खेल्ने भएको छ । यस सम्बन्धी सम्झौतामा इन्फोडेभलपर्स प्रा. लि.का निर्देशक अर्बिन प्रधान र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशीले हस्ताक्षर गरेका छन्।

काठमाडौँस्थित बैंकको मुख्य कार्यालयमा आयोजित कार्यक्रमकाबीच सम्झौता सम्पन्न भएको हो । सो अवसरमा इन्फोडेभलपर्सको तर्फबाट कर्पोरेट म्यानेजर सुवास पौडेल, म्यानेजर दिलीप दवाडी तथा सांग्रिला डेभलपमेन्ट बैंकका सूचना प्रविधि प्रमुख सन्तोष पंगेनी लगायतको उपस्थिति थियो ।

सीएसआर सफ्टवेयरले वित्तीय डाटा म्याच सुनिश्चित गरेर सुल्झाउने प्रक्रियालाई सरल बनाउने छ, जुन वित्तीय इंटिग्रिटी कायम राख्नका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । सफ्टवेयरको परिचालनसँगै, सांग्रिला डेभलपमेन्ट बैंक आफ्नो आन्तरिक कार्यक्षमता सुधार्ने, म्यानुअल कार्य घटाउने र वित्तीय व्यवस्थापनमा समग्र दक्षता बढाउने भएको छ।

दुबै संस्थाबीचको साझेदारी बारेमा प्रतिकृया दिँदै इन्फोडेभलपर्सका कर्पोरेट म्यानेजर पौडेलले भने, “हामी सांग्रिला डेभलपमेन्ट बैंकसँग मिलेर काम गर्न पाउँदा खुशी छौं । हाम्रो सीएसआर सफ्टवेयर प्रयोग गर्न सजिलो, एकीकृत, छिटो प्रोसेसिङ, उच्च गुणस्तरिय भएकाले बैंकको कार्यक्षमता प्रभावकारी र थप सहज बनाउन भूमिका खेल्ने विश्वास लिएका छौँ।”

सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशीले भने, “हाम्रो वित्तीय कार्यक्षमता र विश्वसनीयता सुधार्ने निरन्तर प्रयासको हिस्साको रूपमा हामीले इन्फो डेभलपर्सको सीएसआर सफ्टवेयर चयन गरेका छौं। यसले हाम्रो हाम्रो वित्तीय रिपोर्टिङको गुणस्तरलाई सुधार्नेछ।”

यो सफ्टवेयरको कार्यान्वयनले सांग्रिला डेभलपमेन्ट बैंकका आन्तरिक कार्यहरू सुधार्ने मात्र नभइ बैंकको वित्तीय व्यवस्थापन अभ्यासहरूलाई पनि सुदृढ गर्ने अपेक्षा समेत गरिएको छ । जसले बैंकलाई प्रतिस्पर्धात्मक लाभ प्रदान गर्ने र ग्राहक सेवामा सुधार ल्याउने दुबै पक्षको विश्वास छ ।

Health Tips Ad Road Block