Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

१३ प्रतिशतले बढ्यो नागरिक लगानी कोषको नाफा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नागरिक लगानी कोष लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कोषले ३० करोड ९ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १३.६२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले २६ करोड ४८ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कोषको खुद ब्याज आम्दानी ३.६९ प्रतिशतले घटेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १८.८६ प्रतिशत बढेको छ। त्यसैगरी कोषको कुल आम्दानी १२.६० प्रतिशतले र कुल खर्च ९.१९ प्रतिशतले बढेको छ। असोज मसान्तसम्ममा कोषको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ८७ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ४२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११३.९९ गुणा रहेको छ।

कम्पनीको चुक्ता पुँजी ६ अर्ब ५ करोड रहेको छ ।

 

Health Tips Ad Road Block