Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

गोविन्दपुर हुँदै हस्वा जाने सडक शिलन्यास

Citizenlife ad 2082 falgun to baishak 2083

वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले गोविन्दपुर हुँदै हास्वा जोड्ने सडकको शिलन्यास गरेका छन् । संघीय सरकारको लगानीमा निर्माण हुने यो सडक १२३६ मि. लम्बाईको छ । मन्त्री गुप्ताले पोखरीया आउन तिवाले पुल हुँदै बिन्दबासिनी टेक्नु नपर्ने बताउँदै रणनीतिक रुपमा पनि यो सडक स्थानीय बासीका लागि महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

मन्त्री गुप्ताले महत्वपूर्ण र अति आवश्यक योजना मात्र माग गर्न आग्रह गर्दै धेरै मागेर योजना अपुरो छोड्नु भन्दा थोरै माग गरेर पूर्ण गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘धेरै भारी बोके बीचैमा छोड्नु पर्ने हुन्छ । त्यसैले विकासका आयोजना थोरै आवश्यकता र महत्व हेरेर माग गर्नुपर्ने हुन्छ ।’ विगतमा आयोजना शिलान्यास भएर सम्पन्न नभएका धेरै घटनाहरू रहेको सङ्केत गर्दै सोही कारण तीनै तहका सरकार प्रति नागरिकको नैराश्यता बढेको उनको भनाइ छ ।

मन्त्री गुप्ताले नागरिक आफ्नो कुलदेवताको मूर्तीदेखि सामूदायिक भवन पनि सरकारले बनाइ दियोस् भन्ने आकांक्षामा छन् । सबै कुरा सरकारले गर्छ, हामीले केही गर्नु पर्दैन भन्ने सोचमा नरहन उनले आग्रह गरे ।

९३ लाखमा निर्माण सम्पन्न हुने यो सडक मनिष कन्ट्रक्सनले सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गर्नु पर्नेछ । पोखरीया नगरपालिकाका नगर प्रमुख प्रधुमण चौहानको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नगर उपप्रमुख रवि ठाकुर लगायत वडा अध्यक्षहरुले मन्तब्य राखेका थिए ।

Health Tips Ad Road Block