Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाल एयरलाइन्सको भैरहवा–दुबई उडान सुरु

Citizenlife ad 2082 falgun to baishak 2083

रुपन्देही । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ । विमानस्थल संचालनपछि मलेसिया उडान थालेर उडान स्थगित गरेको नेपाल एयरलाइन्सले पुनः शनिबार रातिदेखि काठमाडौं–भैरहवा–दुबई–काठमाडौं उडान सुरु गरेको हो । शनिबार राति ११ बजे काठमाडौंबाट १५८ यात्रुसहित उडान भरेर भैरहवा अवतरण गरेको नेपाल एयरलाइन्स पौने १२ बजे त्यहाँबाट सिधा दुबई प्रस्थान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवत्ता दीपक बज्राचार्यले जानकारी दिएका छन् ।

भैरहवा विमानस्थलमा अवतरण गरेपछि जहाजलाई स्वागत गरिएको थियो । विमानस्थल व्यवस्थापनका अनुसार नेपाल एयरलाइन्सले उक्त रुटमा साताको चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार राति ९ः३० बजे काठमाडौंबाट उडान भरेर करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट दुबई प्रस्थान गर्ने तालिका छ ।

यससँगै भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्स, जजिरा एयरवेज, फ्लाई दुबई र थाइ एयर एशिया गरी चारवटा वायुसेवाले व्यवसायिक उडान सुरु गरेका छन् । जसमध्ये थाइ एयर एशियाले शुक्रबारदेखि र अन्य तीनवटा शनिबारदेखि नियमित व्यवसायिक उडान सुरु गरेका हुन् ।

Health Tips Ad Road Block