काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ दशमलव ७ किलोग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । विमानस्थलबाट मंगलबार साँझ ५ किलो ७ सय ग्राम सुनसहित तीनजनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएकाे छ ।
उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच गर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पीकरमा करिब ५ केजी ७ सय ग्राम सुन फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निमन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ ।
एयर अरेबियाको उडान नं. जी ९५३० मा शारजाहबाट काठमाडौं आएका चिनियाँ र म्यानमारका नागरिकबाट सो सुन बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।






















