Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बुढीगण्डकी जलविद्युत परियोजनाको जलाशय सतहमा फ्लोटिङ सोलार विकासका लागि भारतसँग आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) का अध्यक्ष एवम् भारतका नविन एवम् नविकरणीय उर्जामन्त्री प्रल्हाद वेंकटेश जोशीबीच भेटवार्ता भएको छ ।

भारतको नयाँदिल्लीस्थित भारत मण्डप केन्द्रमा भएको भेटमा दुबै देशबीच भविश्यमा दिगो विकास, जलवायु परिवर्तन न्यूनीकरण, स्वच्छ उर्जा संक्रमणलगायतका विषयमा सहकार्य गरेर जाने विषयमा छलफल भएको भेटमा सहभागी विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंहले जानकारी दिएका छन् ।

भेटमा उर्जामन्त्री खड्काले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनले नेपालका लागि पहिचान गरेका सोलार रोडम्याप निर्माण, सौर्य उर्जामार्फत स्वास्थ्य, शिक्षा, पर्यटनको सम्भाव्यता खोजी, सौर्य सिंचाई, सोलार टेक्नोलोजी केन्द्र स्थापना गर्नेलगायतमा आइएसएसँग काम गर्न आफू आशावादी रहेको बताएका थिए ।

मन्त्री खड्काले आइएसएको महानिर्देशक पदमा भारतको उम्मेदवारलाई नेपालको समर्थन रहेको बताउँदै उक्त पदमा विजयी भारतका उम्मेदवार आशिष खन्नालाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

उर्जामन्त्री खड्काले भारतीय मन्त्रीसमक्ष बुढीगण्डकी जलविद्युत परियोजनाको जलाशयको सतहमा एक हजार मेगावाटको फ्लोटिङ सोलार विकास गर्नका लागि आग्रह गरेका थिए । आइएसएका कार्यक्रमलाई अगाडि बढाउनका लागि आइएसए र नेपालबीच दुईदेशीय साझेदारी सम्झौतामा चाँडै हस्ताक्षर गरेर अगाडि बढ्नुपर्ने मन्त्री खड्काको भनाई थियो ।

मन्त्री खड्काले नविकरणीय उर्जा, दिगो विकास र नविन सौर्य समाधानमार्फत स्वच्छ उर्जा संक्रमणसम्बन्धी उच्चस्तरीय अध्ययन अवसर र तालिममार्फत क्षमता निर्माणमा आइएसएले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।

भेटमा आइएसएका अध्यक्ष एवम् भारतका नविन एवम् नविकरणीय उर्जामन्त्री जोशीले नेपालमा सौर्य आयोजनालाई अगाडि बढाउन अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) कोषबाट आर्थिक सहयोग गरिने बताए ।

भेटमा मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारी, विद्युत विकास विभागका महानिर्देशक, नयाँदिल्लीस्थित नेपाली राजदूताबासका प्रतिनिधीसहितको नेपाली प्रतिनिधीमण्डलको सहभागीता रहेको थियो ।

Health Tips Ad Road Block