skip this News Page Tips Ad Road Block

सामाजिक सञ्जाल टिकटक नेपालमा सूचीकृत

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौ‌। सामाजिक सञ्जाल टिकटक नेपालमा आधिकारिक रूपमा सूचीकृत भएको छ । मंगलबार टिकटकले नेपालमा आधिकारिक रूपमा सूचीकृत भएको प्रमाणपत्र लिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार टिकटक औपचारिकरूपमा मन्त्रालयमा सूचीकृत भएको हो। टिकटकले करदाता नम्बर र प्यान नम्बर पनि लिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा सूचीकृत भएसँगै साइबर अपराधको अनुसन्धानमा टिकटक कम्पनीले सघाउने प्रतिबद्धता जनाएको छ । यति मात्रै नभएर नेपालको कानुन तथा सर्त मान्न पनि कम्पनी तयार भएको र पर्यटन प्रवर्द्धन एवं डिजिटल साक्षरतामा पनि सघाउने प्रतिबद्धता जनाएको छ ।

 

Health Tips Ad Road Block