काठमाडौं। अमेरिकाले डाइभर्सिटी भिसा–२०२६ का लागि आवेदन दिने समय थप गरेको छ । डिभी भर्ने समय दुई दिन थप भएको हो ।
यसअघि कार्त्तिक २० गतेसम्म समयावधि तोकिएकोमा दुई दिन थप गरेर कार्त्तिक २२ सम्मका लागि बढाइएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ। दूतावासले असोज १६ गते बुधबार राति ९ः४५ बजेदेखि डिभी कार्यक्रममा आवेदन खुला गरेको थियो। डिभी कार्यक्रममा सहभागी हुन निःशुल्क फारमको व्यवस्था गरिएको छ।
डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ । एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एकभन्दा बढी आवेदन दिए अयोग्य ठहरिने दूतावासले जनाएको छ ।






















