Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अर्थतन्त्रको मुटु, कलेजो कमजोर र हात, पाखुरा बलियो भएको छः अर्थविद् डा. अधिकारी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अर्थविद् डा. चन्द्रमणि अधिकारीले अहिले नेपालको अर्थतन्त्र अन्तरद्वन्द्वमा चलेको टिप्पणी गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा डा.अधिकारीले नेपाल राष्ट्र बैंकको तथ्याङ्क र सरकारमा रहेका दलहरुका नेताहरुको कुरा सुन्दा अर्थतन्त्र सुध्रिएको जस्तो देखिएपनि त्यसको प्रभाव जनताको जनजीवनमा नदेखिएको दाबी गरे ।

‘अहिले हाम्रो अर्थतन्त्र अन्तरद्वन्द्वमा चलेको छ । सरकारका मान्छेहरुले र नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्यो भने अर्थतन्त्र गजब रहेछ भन्ने देखिन्छ । तर, आम नागरिक, आम जनतालाई गएर सोध्ने हो भने अर्थतन्त्र सुध्रिएको छैन । हिजो जति पैसाले वस्तु र सेवा प्राप्त भइरहेको थियो, त्यो प्राप्त भइरहेको छैन,’– अर्थविद् अधिकारीले भने ।

गत सालको तुलनामा खाद्यान्नको बजार मूल्य दोब्बरसमेत भएको उनले बताए । खाद्यान्नको सन्दर्भमा बजार मूल्य २० प्रतिशत बढ्नु सामान्य जस्तै भएको उनको टिप्पणी छ ।

हाम्रो जस्तो अर्थतन्त्रमा कूल ग्राह्यस्थ उत्पादनमा ऋणको अंश ३५ प्रतिशतभन्दा धान्न सक्ने क्षमता छैन । तर, अहिले ४४ प्रतिशत पुगिसकेको छ । नेपालको अर्थतन्त्रको मुटु, कलेजो कमजोर भएर हात, पाखुरा चाहीँ बलियो भइरहेको उनले टिप्पणी गरे । सरकारले अर्थतन्त्रको महत्वपूर्ण पक्षहरु चाहीँ कमजोर भइरहेको कुरा स्वीकार गरेर अगाडि बढ्न आवश्यक रहेको बताए ।

‘हाम्रो अर्थतन्त्र द्वन्द्वात्मक अवस्थामा छ । मुटु, कलेजो कमजोर हुँदै गएको छ, हात पाखुरा अलिकति बलियो देखिएको छ । अर्थतन्त्र राम्रो छ, गजबको छ भन्नहुँदैन,’ उनले भने ।

 

 

Health Tips Ad Road Block