skip this News Page Tips Ad Road Block

बाढीले क्षति पुर्याएको माथिल्लो तामाकोशी आयोजना केही समयभित्रै सञ्चालनमा आउने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । असोज ११ र १२ गतेको बाढी र पहिरोले क्षति पुर्याएको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई केही समयभित्रै सञ्चालनमा ल्याइने भएको छ ।

अविरल वर्षाका कारण बाँध क्षेत्रमा क्षति पुगेको आयोजनाबाट दुई हप्ता अगाडि तीन साताभित्रै सञ्चालनमा ल्याउने जनाएअनुसार काम भइरहेको जनाएको छ । भनेअनुसार विद्युत् उत्पादन थाल्नेगरी काम भइरहेको आयोजनाको भनाइ छ । आयोजनाका अनुसार द्रुत गतीमा आयोजनाको हेडवर्क्स क्षेत्रमा थुप्रिएको ढुङ्गा, माटो र ग्रेगान हटाउने काम भइरहेको छ ।

केही साता अगाडि मात्रै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलसहितको टोलीले आयोजनाको क्षतिग्रस्त संरचना निरीक्षण गरेको थियो ।

अविरल वर्षापछिको बाढीपहिरोले आयोजनाको बाँध क्षेत्र, विद्युत्गृह, पहुँचमार्ग लगायत संरचनामा क्षति पुगेको छ । यसले राज्यलाई करोडौं नोक्सानी परेको छ ।

Health Tips Ad Road Block