Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

वर्षा यामसहित बाह्रै महिना मेलम्चीको पानी काठमाडौं आउने व्यवस्था गरिँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले वर्षा यामसहित बाह्रै महिना मेलम्चीको पानी काठमाडौं ल्याउनेगरी काम भइरहेको जानकारी दिएका छन् । उनले मन्त्रालयमा एक कार्यक्रमकाबीच केही समयअगाडि यस्तो जानकारी दिएका हुन् । उनले अब कहिल्यै मेलम्चीको पानी बन्द गर्ने अवस्था नआउनेगरी काम थालेको बताए ।

मेलम्चीको पानीको मुहानमा नयाँ हेडवक्र्स निर्माण कार्य सुरु गरेर सरकारले वर्षा याममा मेलम्ची खानेपानी काठमाडौं नआउने अवस्था अन्त्य गर्ने कामको सुरुवात गरेको मन्त्री यादवको भनाइ थियो ।

उनले भने, ‘२०७८ सालको अप्रत्याशित विनाशकारी बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहान रहेको अम्बाथानको हेडवक्स पूर्णरूपमा क्षति भएको हुनाले मनसुनको समयमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण बन्द गर्नुपर्ने तीतो यथार्थ हामीसामु छ । यस परिप्रेक्ष्यमा विपदबाट सुरक्षित स्थानमा नयाँ हेडवक्स बनाई बाह्रै महिना पानी वितरण गर्नुपर्ने हाम्रो जिम्मेवारी रहेको छ । विभिन्न प्राविधिक अध्ययनले समेत साविकको हेडवक्स प्रयोगमा ल्याउन नसकिने देखाएको छ । यस कुरालाई मध्यनजर गरी मेलम्ची खानेपानी आयोजनाकाे नयाँ हेडवक्स निर्माण र सुन्दरीजलमा दैनिक २२ करोड ५० लाख लिटरको नयाँ पानी प्रशोधन केन्द्रको निर्माणका लागि मेलम्ची खानेपानी विकास समितिबाट प्रारम्भिक कार्य सुरूवात भइसकेको छ ।’

मेलम्चीका जनता, त्यहाँका जनप्रतिनिधि सबैलाई विश्वास दिलाएर काठमाडौंमा पानी ल्याउने काम भएको उनले बताए । अहिल्यै मेलम्चीको पानी आउँछ भन्ने धेरैले नसोचेको विषय रहेकाे भन्दै मन्त्री यादवले उपत्यकाका २० लाख मानिसलाई स्वच्छ खानेपानीबाट लाभान्वित गराइएको बताए ।

आम नागरिकलाई स्वच्छ पानी खुवाउने काममा सरकार प्रतिबद्ध भएर लागि परेको उनको भनाइ छ ।

Health Tips Ad Road Block