काठमाडौं । आज धनतेरसको दिन पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
तोलाको १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । यसअघि १ लाख ६७ हजार ४ सयमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला २१०५ रुपैयाँमा कारोबार भइरहेको छ ।






















