Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एनआरएनएद्वारा सिन्धुपाल्चोकका बाढी तथा पहिरो प्रभावित २३ परिवारलाई राहत वितरण

Citizenlife ad 2082 falgun to baishak 2083

सिन्धुपाल्चोक । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सिन्धुपाल्चोक बाह्बिसे नगरपालिकाका बाढी तथा पहिरो प्रभावित २३ परिवारलाई राहत प्रदान गरेको छ । बाढी तथा डुबानका कारण प्रभावितहरुलाई गैरआवासीय संघको तर्फबाट खाद्य सामाग्री, लत्ताकपडा, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्स, लगायतका सामाग्रीहरु वितरण गरिएको हो ।

स्थानीय तहसँग समन्वय पश्चात राहत वितरण गरिएको हो । यसअघि संघले अविरल वर्षापछि आएको बाढी, डुबान तथा पहिरो प्रभावितका लागि १ करोड सहयोग गर्ने घोषणा गरेको थियो ।

उक्त अवसरमा अध्यक्ष डा. बद्री केसीसहित उपाध्यक्ष रामशरण सिम्खडा, उपाध्यक्ष रोजिना प्रधान राई, महासचिव गौरी राज जोशी, सचिव टीका गुरुङ, कोषाध्यक्ष सुदन थापा, सल्लाहकार अतुल कोइराला, क्षेत्रीय उप–संयोजक अमेरिकाज पूर्णचन्द्र बानिँया, महिला क्षेत्रीय संयोजक इन्दिरा त्रिपाठी, यूरोप महिला संयोजक प्रसुन्ना कँडेल, एनसीसी कोम्बोडियाका अध्यक्ष लालसिंह खड्का, एनसीसी अष्ट्रेलियाकी सह–कोषध्यक्ष रोजी पन्त तथा गैरआवासीय नेपाली अभियन्ता एवं प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउत, अधिकृत कुनाल मिश्र लगायत थिए ।

Health Tips Ad Road Block