Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सम्पत्ति शुद्धिकरणः अब अनुसन्धान र अभियोजनलाई तीव्र पारिने, अरु के–के भए निर्णय ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अब सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान र अभियोजनलाई तीव्र पारिने भएको छ । सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ । निर्देशक समितिको पछिल्लो बैठकले सम्पत्ति शुद्धिकरण सम्बन्धी नियमनकारी निकायहरूले अनुसन्धान र अभियोजनको विषयलाई तीव्र पार्ने निर्णय गरेको जनाएकाे छ ।

बैठकले सम्पत्ति शुद्धिकरण तथा आतङ्‍ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नियमावलीलाई मन्त्रिपरिषद्बाट छिटो पारित गर्न पहल गर्ने पनि निर्णय गरेको छ।

अनुसन्धान र अभियोजनलाई तीव्र पारी नियमावली पारित गरे नेपाल ग्रे–जोनमा नपर्ने बैठकका सहभागीहरूको भनाइ छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय आवश्यकता र प्राथमिकताले अनुसन्धान र अभियोजनका कार्यलाई अघि बढाउने उल्लेख गर्दै नेपाल ग्रे–जोनमा नजाने गरी कार्यहरू गर्न निर्देशन दिएका छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले नेपाल ग्रे–जोनमा नपर्नका लागि आवश्यक कानुन बनाउन र भएका कानुनमा सुधार गर्न मन्त्रालय सक्रिय रहेको बताएका छन् ।

महान्ययाधिवक्ता, नेपाल राष्ट्र बैङ्‍कका डेपुटी गभर्नर, मन्त्रालयका सचिवहरू, नियमनकारी निकायका प्रतिनिधि लगायत सहभागी बैठकले सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय लिएको हो ।

Health Tips Ad Road Block