skip this News Page Tips Ad Road Block

दानको जग्गाबारे प्रष्टिकरण: मिनबहादुर जोडिएको ललिता निवास प्रकरणसँग कीर्तिपुरको जग्गाको कुनै साइनो छैन

कोहलपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले व्यवसायी बाट जग्गा सहयोग लिनु आश्चर्यको विषय नभएको बताएका छन् । बाँकेको कोहलपुरमा कार्यकर्तालाई सम्बोधन गर्दै महासचिव पोखरेलले व्यवसायी मिनबहादुर गुरूङले १० रोपनी १४ आना जग्गा सहयोग चाहेपछि एमालेले सहर्ष स्वीकार गरेको बताए । ´उहाँले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो ।` महासचिव पोखरेलले भने,´हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेकाले लिएका हौँ ।`

मिनहादुर गुरूङ सँग जग्गा सहयोग लिंदा कुनै अदृश्य सम्झौता नगरेको दावी गर्दै महासचिव पोखरेलले गुरूङ जोडिएको ललिता निवास प्रकरणसँग एमालेले लिएको किर्तिपुरको जग्गाको कुनै साइनो नभएको बताए ।

एमालेलाई कमजोर बनाउन चाहने तत्वले जग्गा सहयोग लिएको बिषयलाई अनावश्यक रूपमा गलत प्रचार गरेको पोखरेलको भनाई छ ।

Health Tips Ad Road Block