काठमाडौं । एसईई परिक्षामा एन जि आएका विद्यार्थीहरूले पनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का प्रि-डिप्लोमा कोर्समा अध्ययन गर्न पाउने भएका छ्न्।
शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना प्रकाशित गरेर एसईईमा एनजि आए पनि सिटिइभिटी मा प्रि – डिप्लोमा पढ्न पाईने नयाँ व्यवस्था गरिएको जनाएको छ।
यस अघि सिटिइभिटी परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आफ्नो वेबसाईटमार्फत एनजि आएका विद्यार्थीहरूले सिटिइभिटी अन्तरगतका प्रि-डिप्लोमा अध्यापन हुने शिक्षण संस्थामा सम्पर्क गर्न सो अनुरोध गरेको थियो ।