Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

कसैले पनि अनाथ भएर बस्नु नपरोस् भनेर मेची महाकाली राष्ट्रिय उद्वार यात्रा शुभारम्भ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्यका साथ मानव सेवा आश्रमद्वारा सन्चालित मेची महाकाली राष्ट्रिय उद्वार यात्रा,२०८१ को आज शुभारम्भ गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा सो अभियानलाई प्रधानमन्त्री ओलीले शुभकामना दिँदै मानवता सर्वोच्च धर्म भएकोले यस प्रकारको यात्रामा कुनै समस्या परेमा आफू जस्तोसुकै सहयोग गर्न तयार हुने प्रतिबद्धता व्यक्त गरे । उनले पहिला मानवता, त्यसपछि देश भन्ने भावनालाई बोक्न आग्रह गरे ।

प्रथम महिला राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, गायिका आनी छोइङ डाेल्मासमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले यात्रामा सहभागीहरुलाई दशैंको टीका प्रदान गरेका थिए।
आश्रमका अध्यक्ष रामजी अधिकारीले कसैले पनि अनाथ भएर बस्नु नपरोस् भन्ने ध्येयले यात्रा आरम्भ गरिएको जानकारी दिए । सो यात्रा आगामी कार्तिक २८ गतेसम्म संचालन हुनेछ ।

Health Tips Ad Road Block