skip this News Page Tips Ad Road Block

राष्ट्रिय वाणिज्य बैंक र एमएडब्लु वृद्धि मोटर्सबीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र एमएडब्लु वृद्धि मोटर्स प्रा.लि. बीच विद्युतीय गाडी (ईभी) गाडीमा कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौता अनुसार वार्षिक ७.७७ प्रतिशत स्थीर ब्याजदरमा निजी सवारी (रातो प्लेट) को नाम्मी र सेरेस इभीका लागि मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने छ ।

कर्जा रकमको ०.७५ प्रतिशत सेवा शुल्क लाग्ने छ । गाडीको कोटेशनमा अंकित मूल्यको विद्युतीय गाडीको बढीमा ८० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ भने बढीमा सात वर्ष सम्म कर्जा अवधि दिइने यो सम्झौता २०८१ कात्तिक मसान्तसम्म मात्र लागू हुने राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ ।

बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

 

Health Tips Ad Road Block