काठमाडौं । नेपाल सरकारले लेबनानमा रहेका नेपालीलाई उच्च सतर्कता र सचेतना अपनाउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले एक सूचना जारी गर्दै लेवनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकहरुको सुरक्षा गर्न नेपाल सरकार पूर्णरुपमा सचेत रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।
विज्ञप्तिमा हालसम्म त्यहाँ रहेका नेपाली नागरिकहरु सुरक्षित रहेको बताइएको छ ।
तत्कालै थप कुनै सहयोग तथा जानकारी आवश्यक परेमा लेवनानमा रहेका नेपाली नागरिकहरु तथा उनीहरुका आफन्तहरुले सम्पर्क गर्नसक्ने व्यक्ति, सम्पर्क नम्बर तथा इमेल ठेगाना सार्वजनिक गरेको छ ।