काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओली आज नेपाल आइपुग्ने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार साँझ ओली संयुक्त राज्य अमेरिकाको बोस्टनबाट कतारका लागि प्रस्थान गरेका छन् ।
कतारबाट सोमबार उनी नेपाल आइपुग्दै छन् । प्रधानमन्त्री ओलीले अमेरिकामा रहँदा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरे । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ४ गते न्युयोर्क प्रस्थान गरेका थिए ।