न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति जो वाइडेनद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् ।
उनका साथमा प्रथम महिला राधिका शाक्य पनि सहभागी भएकी छिन्।
अमेरिकी राष्ट्रपति वाइडेनले एक विशेष कार्यक्रम आयोजना गरी स्वागत गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।