काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा अर्थतन्त्रका बाह्य सूचकमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग बालुवाटारले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको पहिलो महिनाको तथ्याङ्क सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।
केन्द्रीय बैंकका अनुसार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको पहिलो महिनाको तथ्याङ्ककाे प्रमुख झलक यस्तो छ ।
–वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्गमा आधारित मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ ।
–आयात ०.६ प्रतिशतले र निर्यात ९.६ प्रतिशतले घटेको छ ।
–विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.० प्रतिशतले बढेको छ । एक महिनामा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।
–शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको छ ।
–कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ९२ अर्ब २२ करोड र अमेरिकी डलरमा १५ अर्व ५८ करोड रहेको छ ।
–नेपाल सरकारको खर्च ४० अर्ब २१ करोड र राजस्व परिचालन ९४ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।
–विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.८ प्रतिशतले बढेको छ ।
–बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.७ प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.३ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.२ प्रतिशत रहेको छ ।