ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

शुक्रबारदेखि दुई दिन रात्रीबस चलाउन रोक

bf dear shoes jutta mela 2082 baishak-jesth

काठमाडौं । सरकारले भारी वर्षा र त्यसपछि निम्तनसक्ने जोखिमको पूर्वानुमानलाई मध्यनजर गर्दै असोज ११ र १२ गते रात्रीबस चलाउन रोक लगाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको पूर्वानुमानका कारण रात्रीबस सञ्चालनमा रोक लगाउने निर्णय गरेको प्राधिकरणले एक सूचना जारी गर्दै जनाएको छ ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णयअनुसार विशेषगरी रातको समयमा यात्रा गर्दा पहिरो तथा बाढीको आँकलन गर्न कठिन हुने भएकोले उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरुमा असोज १९ र १२ गते रात्रीकालिन बस नचलाउने निर्णय भएको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिएका छन् ।

पहिरोको जोखिम भएका स्थान र नदी किनाराका बस्तीमा सतर्कता अपनाउने र माछा मार्न, दाउरा निकाल्न नदी किनारमा नजाने निर्णय पनि गरेको छ ।

Health Tips Ad Road Block