काठमाडौं । यो साताको सुरुवातदेखि नै दिनहुँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले बिहीबार पनि निरन्तरता पाएको छ । बिहीबार १ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।
बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो । बुधबार सुन प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ रहेको थियो ।
आज चाँदी प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।